भाङ Marijuana

Share This Post

  •  भाङ वा भाँगो औषधीय गुण तथा नशा भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।
  •  यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा (लोता)लाई डोरी बनाउन प्रयोग गरीन्छ।
  • भाङलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ ।
  • हिन्दूहरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान शिवको प्रसादको रूपमा वर्णन गरिएको पाइन्छ ।
  • भोक नलाग्ने, मांशपेशीको दुखाई, पेट दुखाई, निद्रा नलाग्ने, गोनोरिया, महिनावारी हुँदा धेरै रगत बग्ने, पखाला, हैजा, पानी देखि डराउने, धनुष्टंकारमा पातको रसको सेवन गरिन्छ ।
  • रगतमासी परेको बेलामा यसको पातको काढा बनाएर खाइन्छ ।
  • अजीर्ण–अपच, रगत बग्ने, यौनशक्तिमा कमी, पेटमा जुका परेमा, घाउ आएको बेलामा बीउको चूर्णको सेवन गरिन्छ । यसको सेवनले मात लाग्छ ।
  • होली र शिवरात्री पर्वमा यसको मिठाई बनाएर खाइन्छ ।
  • कान चर्कने रोग भएमा भाँङको रस मनतातो गरी २\२ थोपा हाल्ने गरेमा ठीक हुन्छ ।
  • भाँङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ ।
  • भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
  • भाङको पात पानीमा पिनेर लेप गर्नाले घाउ, खटिरा आदि निको हुन्छ ।
         
– Source
रितेश कुमार साह 

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

Cannabis Nepal

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि

नेपाल गाँजा वैधानिक महाअभियान

गाँजा बैधानिकताको लागी मुद्दा

नेपाल फार्म व्यवसायी संघद्वारा सम्मानित सर्वोच्च अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ मा रहि गाँजा बैधानिकता को लागी दायर गरिएको मुद्दा को पुर्ण पाठ। 

You Can Make a Difference