गाँजा बैधानिक सम्बन्धि बिधेयक पारित गर्न आवश्यक सहयोग

Share This Post

माननीय श्री भुमि त्रिपाठी ज्यु
 
धादिङ ।
 
बिषय:- गाँजा बैधानिक सम्बन्धि बिधेयक पारित गर्न आवश्यक सहयोग सम्बन्ध ।
 
यस बिषय सम्बन्धमा संसद बाट गाँजा बिधेयक सम्बन्धी बिधेयक पारित गर्ने कार्यमा धादिङ बासिको तर्फबाट तपाईं प्रतिनिधि सभा सांसद भुमि त्रिपाठी ज्यु को अहम भुमिका हुने र तपाईंको सयोगले अन्य सांसद ज्युहरुलाई पनि यस सम्बन्धमा सहयोग गर्न प्रेरित हुने ठुलो आशा बोकेका छौं । गाँजा एक अौषधीजन्य बहुमुल्य जडिबुटी भएकोले यसको महत्त्व सर्वबिदितै छ। यसको उत्पादन र यसबाट बन्ने अौषधी र अन्य चिजबिज देशको ठुलो रोजगारी सृजना हुने निस्चित छ । देश आर्थिक संकटमा पर्न सक्ने स्थिति आएको बेला नेपाललाई आर्थिक संकटबाट बचाई आत्मा निर्भर बनाउन गाँजा नै प्रयत्न छ।
बाँझो जमिनमा बेरोजगार नागरिकहरुले गाँजा उत्पादन संगै आधुनिक कृषि गर्ने हो भने देशको आर्थिक क्षेत्रमा कायापलट हुने देखिन्छ। ५ वर्ष भित्र हाम्रो नेपालमा गाँजा उत्पादन ले भोकमरीको अन्त्य गरि खान लाउन बाट कोही बन्चित नहुने स्थिति सृजना हुने निस्चीत छ। बिश्व बजारमा नेपाली गाँजाको ब्रान्डले चर्चा पाउने पक्का छ, देशको भविष्य अवस्य नै उज्ज्वल हुने देखिन्छ । देशमा गाँजा कसुरमा जेलमा हजारौं युवाको जीवन बर्वाद भईरहेकाले यिनीहरूलाई तत्काल रिहा गरि उत्पादन मुलक क्षेत्रमा लगाउने हो भने सरकारले कारागारमा गर्ने करोडौं व्यवस्थापन खर्च समेत कटौती हुनेछ । नेपालीलाई बाँझो खनेर जिविकोपार्जन गर्ने वातावरण मात्र मित्र मिलाउन सक्यो भने देशले बिदेश ऋण लिनुपर्ने बाध्यता सधैका लागि अन्त्य हुनेछ ।
आशा छ, नेपालमा गाँजा उत्पादनले छिट्टै बैधानिकता पाउनेछ र त्यसमा तपाई माननीय ज्युको ठुलो सहयोग रहनेछ ।
 
धन्यवाद
…………………….
निवेदक
सन्दिप प्रसाद घिमिरे

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

Cannabis Nepal

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि

नेपाल गाँजा वैधानिक महाअभियान

गाँजा बैधानिकताको लागी मुद्दा

नेपाल फार्म व्यवसायी संघद्वारा सम्मानित सर्वोच्च अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ मा रहि गाँजा बैधानिकता को लागी दायर गरिएको मुद्दा को पुर्ण पाठ। 

You Can Make a Difference