गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि गाँजा गाँस/ बास/ कपास हो। गाँजा सभ्यता/ इतिहास/ परम्परा/ संस्कृति/ भु-राजनीति/ राजनीति/ अर्थतन्त्र/ पर्यटन आदि संगै औषधि जडिबुटीको राजा हो।
त्यसैले मौलिक सोच बिचार दृष्टिकोण र बुझाई भएको जति पनि काठमाडौंमा हुनुहुने सम्पुर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु हाम्रो नेपाल फार्म व्यवसायी संघ ले सर्बोच्च अदालतमा लगाएको गाँजा बैधानिकता मुद्दाको अग्राधिकार सुनिस्चित गराई भोलि १२ गतेदेखि २१ गते सम्म मुद्दा फैसला गर्ने बृहत जनदबाब तथा सामाग्री प्रदर्सनी कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हामी हार्दिक अनुरोध गर्दछौ।
